२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

उपचारकै क्रममा कलिलै उमेरमा अस्ताए महरा

क्यान्सरसँग लडिरहेका डडेल्धुराका व्यापारी महराको निधन भएकोछ ।

डडेल्धुराः डडेल्धुरामा होटल व्यवासायमा सकृिय रहेका हर्क महराको शनिवार निधन भएकोछ । विगत दुई वर्ष देखि क्यान्सर सँग लडिरहेका डडेल्धुराका व्यापारी महराको उपचारक ैक्रममा मृत्यु भएकोछ । ४५ वर्ष उमेर कटेका उनको आज (शनिबार) निधन भएको एक पारिवारिक सदस्यले जानकारी दिए ।

जिल्लाको गन्यापधुरा गाउँपालिका– १ चिरा निवासी उनले सदरमुकाममा विगत लामो समयदेखि सम्बन्ध होटल सञ्चालन गरिरहेका थिए । तर, दुई वर्षअघि भने उनी जिब्रोको क्यान्सरबाट पीडित बने । त्यसपछि नेपालका विभिन्न अस्पतालमा उपचार गराइसकेका उनलाई परिवारले किमो गर्न जान सजिलो होला भनेर कञ्चनपुरमा राखेको थियो । अचानक उनको स्वास्थ्य अवस्था बिग्रीएपछि उपचारका लागि भारत लग्दै गर्दा उनको निधन भएको बताइएको छ ।

बागबजारमा २ दशकअघि उनले सुरु गरेको सम्बन्ध होटल जिल्लामै चर्चित होटल हो । पछिल्लो समय भने महराले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको आफ्नै घरमा होटल चलाइरहेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।