डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाँउपालिका ४ का वडा अध्यक्ष नरेश भट्टले पछिल्लो समयमा शिक्षा क्षेत्रको सुधारमा चासो देखाएका छन् । उनले विद्यार्थीको पढाईमा गुणस्तर ल्याउनुका लागि विद्याथर्थी संगै अभिभावकलाई पनि जोडदै आएका छन् । उनले अघिल्लो साता मात्रै एसईइ मा उतकृष्ट हुने विद्यार्थीलाई बाख्रा वितरण गरेका थिए । विद्यार्थीहरुको मनोवल उच्च राख्नुका साथै पढाईमा रुचि बढाउनुका लागि आफुले बाख्रा वितरण गरेको उनको भनाई रहेकोछ ।
शिक्षा अभियानलाई निरन्तरता दिदै उनले आज राष्ट्रपति रनिङ सिल्डमा उतकृष्ट प्रर्दशन गरि द्धतिय स्थान हासिल गरेको भुवनेश्वरी मावि जैसेराका सहभागि ४७ जना विद्यार्थी लाई वडा अध्यक्ष भट्टको अनुरोधमा विद्यालयले स्टेसनरि सामग्री वितरण गरेका छन् भने , सहभागिका अभिभावकलाई वडाले न्यानो कम्मल वितरण गरेका छन् ।
जनप्रतिनिधिको यस्तो कामले स्थानीय खुशी भएका छन् ।




























