उद्यम संग युवालाई जोडदै घरेलु तथा साना उद्योग कार्यालय
डडेल्धुराः डडेल्धुरामा १० दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ।



उद्यम गरौ ,स्वरोजगार बनौ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको दश दिने तालिम आज (बिहीबार) समापन भएको हो । पुस १६ देखि २५ पुस सम्म सञ्चालित तालिममा अमरगढी नगरपालिका , गन्याधुरा गाउँ पालिका,अजयमेरु र नवदुर्गा गाउँ पालिकाका २० जनाको सहभागी रहेको थियो ।
तालिमले व्यवसायिक सीप विकास गर्दै स्थानीय युवा तथा विपन्न वर्गहरूलाई स्वरोजगारका अवसर बारे जानकारी दिने उद्देश्य राखिएको घरेलु कार्यालय डडेल्धुराका प्रमुख केशव सिंह भण्डारी बताए । सहभागीहरूले तालिमबाट निकै महत्वपूर्ण सीपहरू सिकेको बताउँदै आगामी दिनमा सिकाइलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
रोजगारी सृजनामार्फत दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको समेत उनको भनाइ छ। कार्यक्रमका मुख्य प्रशिक्षकको रुपमा जोगराज ऐर र किशोर कैनी रहेका थिए।



























