२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

गन्यापधुरामा विद्युतीय चुल्हो वितरणः चुल्होमा कस्ता भाँडाहरू प्रयोग गर्ने ?

डडेल्धुराःडडेल्धुराको गन्यापधुरा गाउँपालिकामा विद्युतीय चुल्हो वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष ईन्द्र वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्युतीय चुल्हो वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले जानकारी दिए ।
पालिकाका कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सफा उर्जा कार्यक्रम अन्तरगत सय वटा चुल्हो वितरण गरिएको हो । एस.एन.भीको आर्थिक सहयोगमा सामाजिक चेतना तथा विकास संघ (साडा ) बैतडीको आयोजनामा वितरण गरिएको संस्थाका वजार बिकास अधिकृत असोक वहादुर चन्दले जानकारी दिए ।


विद्युतबाट सञ्चालन हुने उक्त चुल्होमा प्रेसर कुकर, कराई र ईन्डक्स चुलो वितरण आदर्श वर्तन भण्डार बागबजार मार्फत भैरहेको वर्तन भण्डारका प्रोप्राईटर धन कुमार भट्टले वताए । नविकरणिय उर्जा प्रवद्धन कार्यक्रमवाट वितरण भैरहेका प्रति चुल्होमा रु ३ हजार ९५ उपभोक्ताको लगानीका साथै रु २ हजार गाउँपालिकाको अनुदान र रु २ हजार १ सय ५० एस.एन.भीको आर्थिक सहयोग रहेको छ । कम लागतमा वातावरण मैत्रि र जोखिम नरहेको उक्त चुल्होमा खाना पकाउन कुनै जोखम नरहेको साडा बैतडीका वजार विकास अधिकृत चन्दले वताए ।
इन्डक्सन चुल्होले कसरी काम गर्छ
इन्डक्सन चुल्होले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको सिद्दान्तमा काम गर्दछ । जब हामी कुनै तारमा विद्युत प्रवाह गर्छौ तब त्यो तारको चारैतिर इलेक्ट्रोम्याग्नेटिक फिल्ड अर्थात् विद्युत चुम्बकिय क्षेत्र उत्पन्न हुन्छ । त्यस्तै जब इन्डक्सन ‘अन’ गर्छौं तब करेन्ट प्रवाह भइ तामाको इन्डक्सन क्वाइलमा पुग्छ । ति क्वाइलले त्यसमा चुम्बकीय प्रभाव उत्पन्न गर्छ, जसको सम्पर्कमा कुनै पनि स्टिलको भाँडो आइपुग्दा भित्र राखिएका खानेकुराहरू तातिन्छ । यी चुम्बकीय क्षेत्रहरूले धातु सामग्रीलाई मात्र असर गर्छ ।

इन्डक्सन चुल्होमा कस्ता भाँडाहरू प्रयोग गर्ने ?
सबै प्रकारका भाँडाहरू इन्डक्सन चुल्होले काम गर्दैनन् । यसले फलाम वा फलाममा आधारित भाँडाहरूमा मात्र काम गर्दछ । साथै, यसले केही स्टेनलेस भाँडाहरूमा पनि काम गर्न सक्छ किनकी तिनीहरूमा फलामको केहि मात्रा पाइन्छ । धेरै कास्ट(फलाम र नन स्टिक भाँडाले पनि इन्डक्शनमा काम गर्छन् ।

induction cooker

यद्यपि इन्डक्सन चुलोको लागि डिजाइन गरिएका छुट्टै भाँडाहरू हुन्छन् । जसमा एक प्रकारको तामाको क्वाइल हुन्छ । यसको सम्पर्कमा आएपछि मात्र भाँडा र त्यसभित्र राखिएको खाना तातो हुन्छ । आजकल बजारमा इन्डक्सन स्टोभका विभिन्न भाँडाहरू सहजै उपलब्ध पनि छन् ।

यी भाँडाहरू बाहेक कास्ट आइरन वा चुम्बकीय स्टेनलेस स्टील, नन स्टिक प्यान आदि जस्ता इन्डक्शन कुकवेयर पनि प्रयोग गर्न सकिन्छ । साथै इन्डक्सन स्टोभमा प्रयोग हुने भाँडाहरू पनि छुट्टै किन्न पाइन्छ । एल्युमिनियम, गिलास र तामाका प्यानहरू इन्डक्सन स्टोभहरू काम गर्दैनन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।