डडेल्धुराः डडेल्धुरा जेसीजको अध्यक्षमा मोहन देउवा चयन भएका छन् । बर्ष २०२५ का लागि देउवा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । डडेल्धुरामा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले उनलाई वर्ष २०२५ का अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त भोजराज अवस्थीले बताए । यस्तै कार्यकारी उपाध्यक्षमा आशिष बोहरा र आकाश गुरुङ निर्वाचित भएको छन् भने उपाध्यक्षमा दिपक भट्ट, दिपक भट्टराई, वाशु पाण्डेय र शुनिल तामाङ निर्वाचित भएको अवस्थीले बताए ।



Views: 521

























