गन्यापधुरा– ४ मा एसईइ मा उतकृष्ट हुने तीन जना विद्यार्थीलाई वडा अध्यक्ष भट्टले बाख्रा वितरण गरेका छन् । आज एक औपचारिक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको हो । पालिकाको वडा नंम्बर ४ मा एसईइमा उतकृष्ट हुने विद्यार्थी लाई पढाईमा सहज होस भन्नुका लागि बाख्रा सहयोग गरेको वडा अध्यक्ष भट्टको भनाई रहेकोछ । वडाको भुवनेश्वरी माविमा अध्ययनरत विद्यार्थी लवकुस बोहरा (३.३२) जिपिए सहित उतकृष्ट भएका थिएका थिए भने ३.२ जिपिए लयाएर राजेश कपाडि द्धतीय र २.८२ जिपिए ल्याएर संगीता पान तृतीय भएकि थिइन् ।
भट्टले पछिललो समयमा आफ्नो वडामा कपडा बैंक सुचारु गरेका छन् ।



Views: 331

























