२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

विश्वभर कोरोना : २४ घण्टामा २ लाख ७० हजार बढी संक्रमित

काठमाडौं – गत २४ घण्टामा विश्वभर २ लाख ७१ हजार १ सय बढी संक्रमित थपिएका छन्। गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाले विश्वका शक्तिशाली देशहरुलाई सबैभन्दा बढी चपेटामा पारेको छ।

गत २४ घण्टामा मात्र भारतमा ७५ हजार ९ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्डोमिटरको तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ७ हजार ७ सय बढी रहेको छ। ६० हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा भारतपछि ब्राजिलमा ४७ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ३७ लाख २२ हजार रहेको छ। कोरोनाका कारण हालसम्म १ लाख १७ हजार ७ सय बढीले ज्यान समेत गुमाएका छन् भने, गत २४ घण्टामा हजार बढीको कोरोनका कारण मृत्यु भएको छ।

यस्तै अमेरिकामा गत २४ घण्टामा ४३ हजार ९ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै कोरोना संक्रमित हुनेको संख्या ५९ लाख ९९ हजार ६ सय बढी रहेको छ। अमेरिकामा १ लाख ८३ हजार ६ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १२ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यस्तै गत २४ घण्टामा अमेरिकापछि अर्जेन्टिनामा १० हजार ५ सय बढी कोरोनाका संक्रमित थपिएका छन्, कोलोम्बियामा १० हजार १ सय बढी, पेरु, फ्रान्स र फिलिपिन्समा ५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

मेक्सिको र रसियामा ४ हजार बढी, इराक र स्पेनमा ३ हजार बढी, साउथ अफ्रिका, बंगलादेश, इन्डोनेसिया र इरानमा २ हजार बढी कोरोनका संक्रमित थपिएको वल्र्डो मिटरले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।