के नयाँ पाटिमा मिल्लान त ३ नेता



डडेल्धुराः नेकपा एमालेबाट साधारण सदस्य समेत नरहने गरि निकालिएका भीम रावल , डडेल्धुरामा पार्टि सभापति भए पश्चात काङग्रेश बाट बिद्रोह गरेका कर्ण मल्ल र गत चुनावमा समाजवादि बाट डडेल्धुरा प्रदेश ख मा टिकट नपाएर स्वतन्त्र बनेका डा. तारा जोशी बिच आज भेटघाट भएको तस्बिर सार्वजनिक भएकोछ । मल्ल र जोशी डडेल्धुराबाट राजनिती गर्दै आएका छन् भने रावल अछाम बाट राजनिती गर्दै आएका छन् ।
मल्ल अहिले नेपाली कांग्रेस बीपीका उपसभापति रहेका छन् । जोशी भने सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद रहेका छन् ।
दुई नेताले रावल निवास टोखामै पुगेर आज भेट गरेका हुन्।
मल्लले समाजिक फेसबुकमा लेखेका छन्, ‘नेपाल र नेपालीको स्वाभिमानः नया ढंगले सुरु गरौं कि अभियान‘?’ भनेर पोष्ट गरेका छन् , यो सँगै उनको अबको बाटो कता होला भन्ने आम नागरिकमा चासो बढेकोछ ।
मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति तथा ०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसबाट डडेल्धुराबाट विजयी पूर्वप्रदेशसभा सदस्य हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए।
जोशी नेकपा एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन्। जोशी ०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए।
गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूर पश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए।
रावल नयाँ पार्टी खोलेर अघि बढ्ने अन्तिम तयारीमा छन्। स्रोतका अनुसार मल्लले जोशीलाई लिएर रावल भेट्न पुगेका थिए। भेटमा रावलले दुबै जनाको साथ खोजेका थिए। तर, जोशीले सो विषयमा आफूले अहिल्यै मनसाय नबनाएको बताएका थिए।
नयाँ पार्टी घोषणा गरेर जानेसम्मको विकल्पमा नेता रावलले आफू निकटका नेताहरुसँग छलफललाई तीव्र बनाएको बताइएको छ।
दुई नेतासँगको भेटबारे जानकारी दिँदै रावलका सहयोगी गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ नयाँ कामको थालनी गर्दा शुभ आरम्भ वा शुभारम्भ हुनुपर्छ र भविष्य पनि सुनौलो हुन्छ।’
नेता रावलले आगामी यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन पनि राखेका छन्।
एमालेबाट निष्कासित भएपछि कुरा गर्दै नेता रावलले एमालेमा ओलीबाट आजित भएकाहरुलाई साथ लिएर अघि बढ्ने बताएका थिए।

























