२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

कहाँबाट आयो पृथ्वीमा पानी…?

हाम्रो आकाशगंगामा ताराहरु हराउने गर्दछन् । कतै क्षुद्र ग्रहको अवशेष भेटिने गर्दछ । वैज्ञानिकका अनुसार हाम्रो आकाशगंगामा केहि यस्ता क्षुद्र ग्रहहरु छन्, जसमा पानीको मात्रा भेटिने गरेको छ । यही पानी ग्रहमा पानीको आपूर्ति गर्दछ र जीवन अघि बढाउँछ ।

वैज्ञानिकका अनुसार पृथ्वी पहिले सुख्खा र बाझोँ क्षेत्र थियो । तर पृथ्वीका बारेमा अनुसन्धान गरिरहेका शोधकर्ताहरुका लागी सबैभन्दा ठुलो प्रश्न थियो, पृथ्वीमा पानी कसरी र कहाँबाट आयो ? बेलायतको वारिक यूनिभर्सिटीका शोधकर्ता रोबर्तो राडीका अनुसार पृथ्वी कुनै ज्यादा पानी भएको क्षुद्र ग्रहसंग ठोक्कियो । त्यसपछि पृथ्वीमा सोहि ग्रहको मार्फतले पानी आएको हुनु पर्दछ ।
आफ्नो शोधलाई विश्वसनीय बनाउन राडीले पानी भएको क्षुद्र ग्रहको उपस्थितिका बारेमा लामो अनुसन्धान गरे ।

उनले केहि ताराका बारेमा पनि अध्ययन गरे । यी ताराहरुमा गुरुत्वाकर्षण बल निकै हुने उनले पत्तो पाए । रायल अस्ट्रानामिकल सोसाइटीको मासिक सुचनामा शोधकर्ताका अनुसार पर्याप्त पानी भएको क्षुद्र ग्रह आकाशगंगाको अर्को ग्रहमा पानी पुर्याउन सक्दछ । तसर्थ राडीले पृथ्वीको महासागरमा पानी शुद्र ग्रहबाट हुनसक्ने बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।