डडेल्धुराः जिल्लाको अमरगढि नगरपालिका – ८ मा निशुल्क आँखा शिबिर आज सम्पन्न भएको छ। अमरगढि नगरपालिका – ८ को आर्थिक सहयोग र गेटा आँखा अस्पताल डडेल्धुराको प्राबिधिक सहयोगमा शिबिर शिविरको आयोजना गरिएको थियो ।
शिबिरमा ३ सय ३१ जनाले सेवा लिएको आधारभुत स्वास्थ्य केन्द्र डकलेका कार्यलय प्रमुख धुर्बराज ताम्राकारले बताए । उनका अनुसार चेकजाँचको क्रममा २१ जनामा मोतिय बिन्दुको समस्या देखा परेको छ भने १४९ जनामा सामान्य आँखाको समस्या देखिएको छ । साथै नजर कमजोर भएका ६१ जनालाई चस्मा बितरण गरेको उन्ले बताए ।
वडा स्तरमै आम नागरिकले सेवा पाउनु भन्ने उद्धेश्य सहित शिविरको आयोजना गरिएको वडा अध्यक्ष नर बहादुर साकिले बताएका छन् । सेवा लिनु पाउदा स्थानीयहरु खुशी भएको अध्यक्ष साकिको भनाई रहेकोछ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने उनको भनाई रहेकोछ ।




























