भागेश्वर गाउँपालिकाको केन्द्र टप्वामा केन्द्र सार्न प्रदेशको सिफारिस
डडेल्धुराः सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पौष ०३ गतेको निर्णयमा भागेश्वर गाउँपालिकाको केन्द्र टप्वामा सार्न प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई सिफारिस गरेको छ । पालिकाको केन्द्र सार्न भागेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले बहुमतका साथ भागेश्वर – ४ मा रहेको टप्वा क्षेत्रलाई सर्वसम्म पारित गरेको थियो । निर्णय भएको लामो समय बित्दा सम्म समेत प्रशासनिका कार्यहरु भने साविकको बगरको गाविस को कार्यालय बगरकोट बाट हुदैँ आएको छ । सात स्थानीय तह रहेको डडेल्धुरा जिल्लामा छ पालिकाले आफ्नो प्रशासनिक भवन तयार पारेका छन् ।



भागेश्वर गाउँपालिकाले सेवा दिदै आएका टहराहरु आफै निमार्ण गरेका छन् भने , रेडक्रस उपशाखाको भवन भाडामा लिईएकोछ । यस्तै ४ कोठे कृषि विकास कार्यलयबाट हस्तान्तरण भएको थियो । पालिकाले आवास तथा स्टोर प्रयोजनका लागि लिएको कोठा भाडामा मात्रै बर्षमा लाखौ खर्च गर्दै आएकोछ ।
जिल्लाको अमरगढी नगरपालिका र परशुराम नगरपालिकाले आफ्नै भवन बाट प्रशासनिक कार्य गर्दै आएका छन् । उता अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका , आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिकामा पालिकाको प्रशासनिक भवन निमार्ण चरणमा रहेका छन् ।
हेरौ यो पत्रः


























