२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

सुदूरपश्चिममा कोरोना मुक्त भएर थप एक सय ८६ जना डिस्चार्ज

सुदूरपश्चिममा कोरोना मुक्त भएर थप एक सय ८६ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो।

डोटीबाट एक सय ६३, सेती प्रादेशिक अस्पतालबाट चार जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा जानकारी दिए।

उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार सात सय ७५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्।

अछामका सात सय १३, डोटीका सात सय ४३, कञ्चनपुरका ६ सय चार र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित सात सय २४ रहेका छन्।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

टीकापुर अस्पतालमा ३२, महाकाली अस्पतालमा ३१, सेती प्रादेशिक अस्पतालमा २२, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई/दुई जना संक्रमितको उपचार भईरहेको छ।

अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।