२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

काठमाण्डौ – सर्वोच्च अदालतले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष रहने प्रावधान कानून विपरीत भएको ठहर गरेको छ ।

काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान लागू गरेको थियो । यो प्रावधान सङ्घीय कानून विपरीत भएको अदालतले ठहर गरेको हो । महानगरको निर्णयको विरुद्धमा १७ वटा सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले दायर गरेको रिट निवेदनमा सर्वोच्चले पालिकाको एकल अधिकार क्षेत्रको कानून बनाउँदा समेत सङ्घीय कानून प्रतिकूल हुन नहुने व्याख्या गरेको छ ।

संवैधानिक इजलासले गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा शिक्षासँग सम्बन्धित कानून बनाउँदा पालिकाले एकलौटी गर्न नमिल्ले उल्लेख छ । फैसलामा शिक्षा राष्ट्रिय महत्त्व र सरोकारको विषय भएकाले यसलाई संविधानले नै सङ्घ, प्रदेश र पालिका तीनवटै तहको समान सरोकार राख्न खोजेको पनि उल्लेख छ ।

सर्वोच्चको फैसलाले पालिकाले आफ्नो विधायिकी अधिकार प्रयोग गर्दा सुझबुझपूर्वक गर्नुपर्नेमा जोड दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।