२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

एनपीएल फाइनल अघिसम्म धेरै रन बनाउने र विकेट लिनेमा विदेशी अगाडि

काठमाडौंः नेपाल प्रिमियर लिग ९एनपीएल० मा ३२ मध्ये ३१ खेल सकिएका छन् । फाइनल पुग्ने दुवै टोलीको टुङ्गो लागिसकेको छ ।सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आउने शनिबार फाइनल खेल हुनेछ ।

विजेताले नगद १ करोड ११ लाख पुरस्कार पाउनेछ । अहिलेसम्म व्यक्तिगत रुपमा धेरै रन बनाउने र विकेट लिने खेलाडीमा विदेशी खेलाडी अगाडि छन् । व्यक्तिगत सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीमा भने विदेशी खेलाडीहरु नै अघि छन् । फाइनल पुग्ने सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १६ विकेटसहित विकेट लिनेमा अघि छन् ।

जनकपुर बोल्ट्सका ललित राजवंशीले पनि समान विकेट लिएका छन् । यसैगरी सर्वाधिक रन बनाउने खेलाडी चितवन राइनोजका रवि बोपारा छन् । उनले २८६ रन बनाएका छन् । यस्तै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले २७९ रन बनाएका छन् ।

दुवै खेलाडीका टिम फाइनलमा छैनन् । त्यसैले उनीहरुलाई पछ्याइरहेका जनकपुर बोल्ट्सका जिमी नीशमले उछिन्न सक्छन् । नीशमले २४३ रन बनाएर तेस्रो स्थानमा छन्।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।