२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

नवदुर्गा गाउँपालिकाले चासो राख्यो शैक्षिक सुधारमा,अतिरिक्त कक्षा सञ्चालन गर्ने

डडेल्धुरा(दिपकाराज भट्ट)– डडेल्धुरामा सात स्थानीय तह रहेका छन् । पछिल्लो समयमा सरकारि विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदो अवस्थामा रहेको देखिन्छ । शैक्षिक गुणस्तर सुधार गर्नुका लागि नवदुर्गा गाउँपालिकाले अतिरिक्त कक्षा संञ्चालन गर्ने भएकोछ । पालिकाभित्र रहेका विद्यालयहरूमा अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेकोछ । गाउँपालिकाले आउदो पुष १ गते देखी यी कक्षाहरु सञ्चालन गर्ने जनाएको हो ।

पछिल्लो पटक विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन नसकेकाले शिक्षा समितिको बैठकबाट सो–निर्णय गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रवी चौधरीले बताएका छन् ।
अतिरिक्त कक्षा सञ्चालन गर्ने देशभरमै रहेका ७ सय ५३ स्थानीयतह मध्ये नीतिगत रुपमा निर्णय गर्ने नवदुर्गा गाउँपालिका देशको पहिलो स्थानीयतह रहेको उनले दाबी छ ।

उनले अहिले गाउँपालिकाले प्रत्येक ५ वटै वडामा शैक्षिक बहस समेत सञ्चालन गर्न लागेको बताए । सोमबार पालिकाको वडा नं ५ मा रहेको बिजयाशैनी मावि, चामाचौडमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शैक्षिक बहस आयोजना गरेको पालिकाले जनाएको छ । शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा अभिभावक र व्यवस्थापन समितिहरू समेत अन्तरक्रिया गरि अतिरिक्त कक्षा सञ्चालन गर्ने पालिकाको योजना छ ।

पालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले पालिकाको अतिरिक्त कक्षा सञ्चालन गर्ने अभियानले शैक्षिक गुणस्तर सुधारमा राम्रो प्रतिफल दिने विश्वास रहेको बताएका छन् । उनले एउटा विद्यार्थी कमजोर हुनु, असफल हुनुमा कोही जिम्मेवार नदेखिने र अन्तिममा अभिभावक वा विद्यार्थी मात्र कमजोर देखिने परिपाटीको अन्त्य गरि प्रतिस्पर्धी विद्यार्थी उत्पादन हुने बताए ।

पालिकाले कुल ४० लाख बजेट विनियोजन गरि कक्षा ३, ५, ८ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरूले अतिरिक्त कक्षा सञ्चालन गर्ने कार्यविधि बनेको छ । अतिरिक्त कक्षामा पढाउने शिक्षकले प्रति विषय, प्रति पिरियड, प्रति विद्यार्थी ४ सय पाउने बताईएको छ ।

यस्ता कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार ल्याउने पालिका उपाध्यक्ष निर्मला बिष्ट बोगटीको भनाई रहेको छ । यस्ता अतिरिक्त कक्षाले विद्यार्थीहरुमा बानी व्यवहारमा सुधारका साथै नतिजामा पनि सुधार ल्याउने बताउनु भयो । यस्ता कार्यक्रमलाई पालिकाले निरन्तरता दिने उनको भनाई रहेकाछ ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।