२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँको लज्जास्पद हार

डडेल्धुराः नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आजको भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो । युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो हार स्वीकार्यो । प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए ।

आजको खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुदुरपश्चिमले ब्रान्डन म्याकमुलनको अर्धसतक र कप्तान दिपेन्द्र सिंह ऐरीको ४३ रन मद्दतमा १६७ रनको बलियो स्कोर खडा गर्न सफल भयो ।
जवाफी ब्याटिङमा काठमाडौंले १५।५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै जोड्न सक्यो । काठमाडौंका स्टेफन स्किनाजीले ३७ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका सुदुरपश्चिमका नरेनले ३।५ ओभरमा १९ रन मात्रै खर्चेर ५ विकेट लिँदै टिमको जित सुनश्चित गरे । अविनाश बोहराले दुई विकेट लिए ।

 

|| लागू औषध नियन्त्रणमा किंग्स युथ क्लवकाे सकिृयता || डडेल्धुरा यस्ता घटनाहरुमा कसरी हुदैछ बृद्वि |

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।