२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँको लज्जास्पद हार

डडेल्धुराः नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आजको भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो । युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो हार स्वीकार्यो । प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए ।

आजको खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुदुरपश्चिमले ब्रान्डन म्याकमुलनको अर्धसतक र कप्तान दिपेन्द्र सिंह ऐरीको ४३ रन मद्दतमा १६७ रनको बलियो स्कोर खडा गर्न सफल भयो ।
जवाफी ब्याटिङमा काठमाडौंले १५।५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै जोड्न सक्यो । काठमाडौंका स्टेफन स्किनाजीले ३७ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका सुदुरपश्चिमका नरेनले ३।५ ओभरमा १९ रन मात्रै खर्चेर ५ विकेट लिँदै टिमको जित सुनश्चित गरे । अविनाश बोहराले दुई विकेट लिए ।

 

|| लागू औषध नियन्त्रणमा किंग्स युथ क्लवकाे सकिृयता || डडेल्धुरा यस्ता घटनाहरुमा कसरी हुदैछ बृद्वि |

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।