२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको जुलुस राजधानी इस्लामाबाद पुग्यो

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै ‘पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद पुगेको छ । पीटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू नजिक रहेको डी चोक वा डेमोक्रेसी स्क्वायरमा पुग्दा उनीहरूलाई सशस्त्र बलहरूले अश्रुग्यास प्रहार गरेका बीबीसीले जनाएको छ ।

सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबाद प्रवेश गरेका हुन् । इस्लामाबादका डेपुटी कमिस्नर इरफान नवाज मेमनले प्रदर्शनकारीहरूलाई प्रहरी र अर्धसैनिक बलहरूले नरोकेको र अवस्था अहिले शान्तिपूर्ण रहेको बताएका खबरमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री इमरान खानको आह्वानमा आइतवारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् । अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने प्रदर्शनकारीहरूले बताएका छन् । सरकारले गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।