बझाङ वडा अध्यक्ष उपनिर्वाचनः नेपाली काङ्ग्रेसका धिरेन्द्र पुजारा, एमालेका लखीचन्द्र बोहरा र पुष्कर बहादुर बोहोरा (माओवादि केन्द्र) ले गरे उम्मेदवारी दर्ता गरेका छन् ।



रुपक खड्का(बझाङ)- बझाङको सुर्मा गाउँपालिकाको वडा नंम्बर ४ को अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसका धिरेन्द्र पुजारा र नेकपा माओवादी केन्द्रका तर्फबाट पुस्कर बोहराले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनी नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता लगायत नाराजुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय थकुन्डाडामा पुगेर उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारको विरोधमा उजुरी दिन मंसिर ३ गते र उजुरीमाथि छानबिन मंसिर ४ गते गरिने बताइएको छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने भएको छ ।
Views: 775

























