डडेल्धुराः सुदुरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र डडेल्धुराको उग्रतारा मन्दिरमा हिजो मेला सम्पन्न भएको थियो । मेला सकिएपछि आज मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो । मेला अवधिमा भएको फोहरहरु जम्मा गरि नष्ट गरिएको हो । सरसफाई कार्यक्रममा उग्रतारा क्षेत्र विकास समिती र वर्ल्डलिंक कम्युनिकेसन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाले पनि सहभागि जनाएको थियो ।



यस्ता कार्यक्रमले समुदाय प्रतिको उत्तदायित्व निर्वाह गर्ने वर्ल्डलिंक कम्युनिकेसन्स कम्पनी लिमिटेड डडेल्धुराका युनिट इन्चार्ज नरेन्द्र बिष्टले बताएका छन् । सामुदायिक सहकार्य र समर्पणको माध्यमबाट हाम्रो कम्पनीले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयासलाई निरन्तरता दिने बिष्टले प्रतिवद्धता गरेका छन् । कार्यक्रममा जेसिस डडेल्धुरा, स्थानीय नागरिक समेतको सहभागिता रहेको थियो ।
Views: 552

























