डडेल्धुरा(दिपकराज भट्ट)– सुदूरपश्चिम प्रदेशकै सवै भन्दा ठुलो शक्तिपिठ मध्येको एक डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने मेला (देहिजात) सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालीकामा अबस्थीत उग्रतारा मन्दिरमा प्रत्येक वर्ष मंसिर पुर्णीमाको दिन मेला लाग्ने गर्दछ । मेलामा स्थानीय उत्पादन भुमिरो, गुड, डोका निगला, मुमफली जस्ता वस्तुहरुको कारोवार भएको थियो । करोडौ मुल्य बराबरको सामग्री बिकिृविरण भएको मन्दिर क्षेत्र विकास समीतीले जनाएकोछ ।
मन्दिरमा शुद्ध मनले उग्रतारा माताको दर्शन गरेमा मनोकामना पुरा हुने जनविस्वास रहँदै आएको छ । शुक्रबार राती देखी लागेको देही जात आज सम्पन्न भएको हो ।किबंदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अडकिएको र निस्किएको रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएपछि उग्रतारा माताको मन्दिर स्थापना गरिएको विश्वासमा त्यस बेला देखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहिआएको भएपनि उग्रतारा मन्दिरमा भने दिन गन्तीले मेला लाग्ने गरेकाले आज मेला लागेको हो ।
करिव ३० हजार भन्दा वढी भक्तजनहरुले मेला भरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष एवं मेला आयोजक समितिका अध्यक्ष तेजहावदुर शाँकीले वताउँनु भयो ।



मेला भर्नका लागि सुदूरपश्चिमका नौ वटै जिल्ला देशका विभिन्न स्थान लगायत सिमावर्ती भारतको उत्तर प्रदेश ,उत्तराञ्चलबाट दर्शनार्थीहरु आउने गरेका छन् । सुदूरपश्चिमको लोकप्रिय खाना देहिजाँतमा प्रशस्त देख्न सकिन्छ । यसैगरी मेलामा हस्तकलाका सामग्री सहित स्थानीय स्तरमा उत्पादन गरिएका सामग्रीको समेत विक्रि हुने गरेको छ ।

























