डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका घर भएका चेत बहादुर ऐरले जनज्योति प्रा.वि. डडेल्धुराका ३० विद्यार्थीहरु झोला र कापी,पेन्सिल सहयोग गरेका हुन् ।
ऐरले जिल्ला सदरमुकामको बगरकोट रोडमा चिया पसल चलाउदै आएका छन् । उनले यसरि व्यापार सँगै सामाजिक कार्यमा सहयोग गनु भएकोमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष जगदिश सिंह रावलले धन्यवाद दिएका हुन् । हिजो (शुक्रबार) एक औपचारिक कार्यकक्रमका बिच ऐरले सामग्री हस्ताान्तरण गरेका हुन् । विद्यालय परिवारले ऐरलाई दोसल्ला सहित सम्मान गरेको थियो ।
ऐरले व्यवसाय सँगै सामाजिक कार्य गर्दै आएका छन् । उनले बगरकोट रोडमा ब्राउन हट क्याफे चलाउदै आएका छन् । उनले विभिन्न मेला महोत्सव, कार्यक्रममा निशुल्क चियापान कार्यक्रा , विद्यालयमा विद्यार्थीलाई सहयोिग जस्ता कार्यक्रम गर्दै आएका छन् ।





Views: 474

























