२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

बझाङको जयपृथ्वी राजमार्ग स्थित जालेबगरमा मालवाहक ट्रक दुर्घटना

बझाङः बझाङमा मालबाहाक ट्रक दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने छबिस पाथिभेरा गाउँपालिका–१ स्थित जालेबगरमा सुख्खा पहिरो लागेको ठाँउमा ट्रक दुर्घटनामा परेको हो । आज दिउँसो ४ बजेको समयमा सदरमुकाम चैनपुर आउँदै गरेको से १ ख ३६९१ नम्बरको ट्रक सडकको मुनिपट्टिको भाग भाँसिएर दुर्घटनामा परेको हो ।

मालबाहक ट्रक सडकबाट करिब ५ मिटर तल खसेको र ट्रक चालक बैतडि सिगास घर भएका २८ वर्षीय पवेन्द्र चन्द सकुशल रहेका जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । ट्रकमा बोकेको लगभग ५ टन चामल नष्ट भएको छ ।जालेबगर नजिकै बालुवाटारमा गत महिना देखी सुख्खा पहिरो संगै ढुंगा आइरहेको छ । उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने, जोखीमको यात्रा गर्नुपर्ने समस्या रहेको छ ।

(5) Facebook

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।