डडेल्धुराः पछिल्लो समयमा दशै तिहार लक्षित सुरक्षा योजना लागु भए पश्चात यस सुदूरपश्चिम प्रदेश अन्तर्गतका
जिल्लाहरुमा असोज १ गते देखि कार्तिक २० गते सम्म जुवातास सम्बन्धि कसूरमा सुदुरपश्चिमा ३ सय ९७ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेका जुवाडे बाट प्रहरीले २९लाख ७ सात हजार २ सय ५४ रुपैया समेत बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीले जनाएकोछ ।
पक्राउ पर्नेमा कैलाली बाट १ सय ८४ जना साथ बाट ११,०९,९०८रुपैया बरामद गरेको छ , यस्तै कञ्चनपुर १५९ जना साथमा ११,९०,४५२ रुपैया ,अछाम बाट ९ जना साथमा ८६,०८५ रुपैया,डडेल्धुरा बाट २८ जना साथमा ४,४१,८६९ रुपैया
डोटी बाट १२ जना साथमा १२,८१० रुपैया,बझाङ बाट ५ जना साथमा ६६,१३० रुपैया गरि छ जिल्ला बाट ३ सय ९७ जुवाडे पक्राउ गरि साथ २९ लाख ७ हजार २ सय ५४ रुपैया समेत बरामद गरेको हो ।
Views: 221