धनगढी, १० भदौ । सुदूरपश्चिम प्रदेशका बुधवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।



तिनै प्रयोगशालामा कैलालीका ३२, कञ्चनपुरका ८, डडेल्धुराका २ र अछामका २ जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ८३ पुगेको छ । संक्रमण पुष्टि भएका ४ हजार ५ सय ८९ जनाले कोरोना जितेर घर फर्किएका छन भने १४ जनाको मृत्यु भईसकेको छ ।
Views: 143

























