डडेल्धुराः डडेल्धुरा प्रहरीले खैरो हेरोइनसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–९ ढाटगाँउ बस्ने ३२ वर्षीय राजेश पाल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
शनिबार राति पक्राउ परेका उनको साथबाट एक ग्राम एकसय पचास मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Views: 323