२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

सुदूरपश्चिममा हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस’, डडेल्धुरामा सबैभन्दा बढी

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरी देखि अगस्त सम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो । पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ । अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो ।

निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ । त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ ।

जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’ लाग्ने गरेको जनाइएको छ । मुसालाई टोकेर किर्नाले ‘स्क्रब टाइफस’ को ब्याक्टेरिया लिने र मान्छेलाई टोकेर सो ब्याक्टेरिया सार्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । घरमा हुने मुसाभन्दा पनि जङ्गलमा पाइने मुसामा रहेको किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ रोग लाग्ने गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । ‘स्क्रब टाइफस’ बाट बिरामीको अकालमै मृत्यु हुन नदिनका लागि समयमै रोगको पहिचान र निदान आवश्यक रहेको जनाइएको छ ।

यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन अङ्गमा गडबडी तथा शरीरमा रातो बिमिरा आउने लक्षण देखिने गर्छ । ‘स्क्रब टाइफस’ लागेमा बिरामीको समयमै उपचार नभए कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायतका अङ्गमा सङ्क्रमण फैलिने र बिरामीको मृत्युसमेत हुने गरेको जनाइएको छ तर समयमै उपचार भएमा एक हप्तामै बिरामी निको हुने गरेको जोशीले उल्लेख गरे ।

‘स्क्रब टाइफस’ बाट बच्न रोगको ब्याक्टेरिया सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै सबैभन्दा उत्तम उपाय रहेको बताइएको छ । यसै गरी घरवरिपरि सफा राख्ने, जङ्गल, झाडीमा सकेसम्म नजाने, जानै परे शरीर ढाक्ने गरी कपडा, हातमा पन्जा र खुट्टामा लामो बुट लगाउन आवश्यक रहेको जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।