२०८१ फाल्गुन ७ बुधबार
२०८१ फाल्गुन ७ बुधबार

दोश्रो संस्करणको जयभुवन क्रिकेट प्रतियोगिता कार्तिकमा हुने

डडेल्धुराः जिल्लाको नवदुर्गा गाउँपालिका वडा नंम्बर १ ऐरोडामा दोश्रो संस्करणको जयभुवन जिल्ला स्तरीय खुल्ला टि २० क्रिकेट प्रतियोगिता कार्तिक १२ गते बाट सुरु हुने भएको छ ।
नवदुर्गा गाउँपालिका वडा नंम्बर १ को जय भुवन युवा क्लव एरोडाले क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण आयोजना हुन लागेको हो । चाडपर्व लाई लक्षित गर्दै आगामी तिहारको समय पारी प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष किरण ऐरले बताए ।
प्रतियोगिताको बारेमा बिस्तृत जानकारी आउदो कार्तिक पहिलो हप्ता पत्रकार सम्मेलन गरे दिइने क्लवले जनाएको छ । गत वर्ष आयोजना गरिएको पहिलो संस्करणमा जिल्ला भरीका १२ वटा टिमले प्रतिस्पद्र्धा गरेका थिए भने यो पटक अझ वढी टिमले सहभागिता जनाउने विश्वास लिएको क्लवका अध्यक्ष किरण ऐरले बताए ।

प्रतियोगिता संञ्चालनका लागी क्लवका शुभचिन्तकहरुले सहयोगरीरहेको क्लवले जनाएको छ । डडेल्धुरा जिल्लामा क्रिकेट खेल्नका लागी उत्कृष्ट खेलमैदानहरु मध्ये को एक मानिने एरोडाको खेल मैदानमा प्रतियोगिता संञ्चालन हुनेछ ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।