डडेल्धुराः डडेल्धुराका ग्रामिण रुटका अधिकान्स गाडिहरुले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेका छन् । पछिल्लो समयमा चाडपर्व नजिकिए सँगै यसको फाईदा यातायात व्यवसायीहरुले लिने गरेका छन् । तर नागरिकको जीवन माथि नै खेडवाड हुने गरि ग्रामिण रुटमा चल्ने गाडिहरुले क्षमता भन्दा बढि यात्रु बोक्दा दुर्घटनाको जोखिम भने उच्च रहेकोछ । बोलेरो जिपमै ३० देखि ४० जना सम्म बोक्ने गरेको पाईन्छ ।
ग्रामिण सडकहरु बर्षले छिन्नबिन्न भएका बेला यसले झनै जोखिम बढाएकोछ । उता गाडि चालकहरुले भने प्रशासनको नियम माथि नै लात हानेको पाईन्छ , उनीहरुले चेकिङको समयमा प्रहरि लाई छल्ने गरेका छन् ।
यस्ता यातायात व्यवसायीहरुलाई प्रशासनले नियमन गरि कारवाहिको दायरामा ल्याउनु जरुरि रहेकोछ । जसले गर्दा दुर्घटनामा पनि कमी आउनेछ ।



Views: 518

























