२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

डडेल्धुरामा अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरुः डा.जोशीले गरे उद्घाटन

डडेल्धुराः डडेल्धुरा जिल्लामा पहिलो अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। डडेल्धुरा भलिवल संघको आयोजनामा कार्यक्रम भएको हो । प्रतियोगिताको आइतवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि जोशीले समाजको सशक्तीकरणमा खेलकुदले ठूलो भूमिका निर्भर गरेको बताए। उनले खेलाडीले आत्मविश्वासका साथ आफ्नो प्रतीभा देखाउनुपर्ने बताए।

देशमा अवसर नपाएर खेलाडीहरू पलायन हुनेक्रममा पनि रहेको उनको भनाइ थियो। प्रदेशसभा जोशीले खेलाडीहरूलाई स्वदेशमै खेल्ने वातावरण बनाउन सबैले एकढिक्का भएर लाग्नुपर्नेमामा जोड दिए। उनले भने, ‘खेलकुद पूर्वाधार विकास हुन सकेको छैन। अब सबैले त्यसतर्फ ध्यान दिनुपर्दछ।’
ज्ञानोदय विद्यालय निकेतन तुफानडाँडाको प्राङ्गणमा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमले सहभागिता जनाएका छन्। नेपालको राष्ट्रिय खेल भलिबलको प्रचारप्रसार तथा जिल्लामा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताए।

आगामी वर्ष पनि महिला भलिबल प्रतियोगितालाई निरन्तरता दिने उनले जानकारी दिए। अध्यक्ष ठगुन्नाले प्रतियोगिता गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिए। प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ, द्विययले २५ हजार १ सय ११ तथा तृतीय हुने टिमले १५ हजार १ सय ११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर र बेस्ट सेटरलगायत अन्य विद्यामा समेत पुरस्कारको व्यवस्था गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।