डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नंम्बर १,२ र ५ मा रहेका किराना पसल तथा होटलहरुमा पालिकाले अनुगमन गरेकोछ । अनुगमनका क्रममा १० हजार बराबरका अखाद्य वस्तु बरामत गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोकाले बताएका छन् ।
पालिकाले शुक्रवार बाट सुरु गरेको अनुगमन कार्य दशै अगाडि नै सबै वडामा अनुगमन गरिने रोकाले बताएका छन् । बरामतमा बिशेष गरि चाउचाऊ , मसला, चिजवल , नमकिन, पानी र सस रहेका छन् । अनुगमनमा पालिका उपाध्यक्ष पुष्पा ठकुराठी,कृषि शाखा प्रमुख दान बिष्ट , पशु शाखा प्रमुख मोहन शार्कि, शिक्षा शाखा बाट मिन खडका लगायतको सहभागिता रहेको थियो । बरामत गरिएका वस्तुहरु स्थानीय, प्रहरी र पत्रकारको रहोवरमा नष्ट गरिएको हो ।
अनुगमनमा पहिले भन्दा अहिले अखाद्य वस्तु निकै कम फेला परेको रोकाको भनाई रहेकोछ । पछिल्लो समयमा पसलेहरु र ग्रहाकहरु सचेत भएको उनको बुझाई रहेकोछ । ग्रहाकले समान खरिद गर्दा उपभोग्य मिती अनिवार्य रुपमा हेर्नु पर्ने पालिका उपाध्यक्ष ठकुराठीको भनाई रहेकोछ ।





























