२०८३ असार ३० मंगलवार
२०८३ असार ३० मंगलवार

मल्लको दसैं टीका थाप्ने धोको अधुरै, घर पुग्नैलाग्दा अस्ताए बाटोमै

डडेल्धुरा– डडेल्धुराको आलिताल गाउँपालिका–२ गांखेत पुर्ख्यौली घर भएका चिरञ्जीवी मल्लको परिवार हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा बस्दै आएको थियो । चिरञ्जीवी अध्ययका लागि काठमाडौंमा थिए । आउँदै गरेको दसैं मान्न उनी घर फर्किरहेका थिए । त्यसका लागि उनी शुक्लाफाँटा नगरपालिका–७ कै २२ वर्षीया दीपक बोहोरासँग मोटरसाइकलमा कञ्चनपुर आइरहेका थिए ।

तर, घर पुगेर दसैंमा टीका थाप्ने उनको धोको कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्कामा अस्ताएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रमा उनी सवार बा९५प ९२५२ नम्बरको मोटरसाइकल जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीले चलाएको से ६ प ६२७९ मोटरसाइकलसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा निर्मल चौधरी र चिरञ्जीवी मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले बताए । दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चिरञ्जीवीसँगै आएका दीपक घाइते अवस्थामा छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।