डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउपालिका रहेको नेपाल एसबीआई बैंक गन्यापधुरा शाखाले वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गरेकोछ । पालिका सदरमुकाम नजिकै रहेको गणेश माध्यमिक विद्यालय गन्यापधुरा – २ बडालमा कार्यक्रम गरिएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा बैंकले विद्यालयका अभिभावक तथा स्थानीय जनताहरूलाई वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत बालविकास तह देखि कक्षा ५ सम्मका सम्पूर्ण छात्रछात्रालाई विद्यालय झोला वितरण गरेको हो।



यसअघि पनि बैंकले यस्तै कार्यक्रमहरु गन्यापधुरा गाउँपालिकामा सञ्चालन गर्दै आएको थियो । कार्यक्रममा गन्याधुरा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा गन्याधुरा गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत शिक्षा विभाग प्रमुख तथा बैंकका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।

























