डडेल्धुराः डडेल्धुराको भागेशवर गाउँपालिका ४ नौगाउँमा रहको कालिका आ.वि. नौगाउँको ८३ औं बार्षिक उत्सव सम्पन्न भएकोछ । बिहिवार पालिका अध्यक्ष हेमराज चटौटको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको भएको । औपचारिक कार्यक्रममा प्रमुख अतिथि हेमराज चटौत, विशिष्ठ अतिथीमा भागेश्वर गाउँपालिका—४ का वडा अध्यक्ष वसन्त चटौत र कार्यक्रम सभापतिमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर एस.के रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम, विभिन्न प्रतियोगिताहरुमा प्रथम, द्धतीय र तृतीय हुने विद्यार्थीहरु लाई सम्मान गरिएको थियो । विद्यालयले दौड, हाजिरिजवाफ प्रतियोगिता, म्युजिकल चेयर, घैटो फोड कार्यक्रम सँगै नृत्य र गायन कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै बिशिष्ठ अथिती चटौलले भनेः हामीले विद्यालयको विकासका लागि सके जतिको प्रयास गरेका छौ , यो विद्यालय निकै पुरानो रहेको र हाल विद्याललयले शैक्षिक सुधारमा जोड दिएको बताए । यसलाई निरन्तरता राख्नुका लागि आफु सक्दो प्रयास गर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी चटौतले भने – राणाकालमा स्थापना भएको यस विद्यालयले गुरुकुल हुदै पढाई सुरु गरेको ईतिहास छ , मैले पनि यसै विद्यालयमा पढेको हुँ , पछिल्लो यमयमा विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याएकोमा खुशी छु , हामीले विद्यालयको समग्र बिकासका लागि पालिका बाट सक्दो प्रयास गर्ने छौ ।
कार्यक्रममा बोल्दै सभापति एस.के ले भने * यो विद्यालय सबैको साझा र सरोकारको बिषय हो , यसको समग्र विकासका लागि सबैले आफ्नो स्तर बाट सकिने सहयोग गर्नु अपरिहार्य रहेकोछ । पछिल्लो समयमा विद्यालयमा विभिन्न अतिरिक्त गतिविधिहरुमा जोड दिएका छौ , शैक्षिक सुधारमा जोड दिएका छौ यसमा सबैको सहयोगको आवश्यकता रहेकोछ ।
बिहिवार सम्पन्न कार्यक्रममा विद्यालयले आफ्नो बार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।
दुई जना लाई दोसल्ला सहित सम्मान-
विद्यालयमा योगदान गरेको भन्दै विद्यालयले पूर्व क्षिक्षक नर बहादुर माली र पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्र ठकुराठी लाई दोसल्ला सहित सम्मान गरिएको हो ।
वि.सं. १९९८ मा स्थापना भएको विद्यालले सुरुवाती चरणमा गुरुका पद्धती बाट शिक्षाको सुरुवात गरेको थियो । हालसम्म विद्यालयमा कक्षा ८ सम्म पढाई हुदै आएकोछ ।
हेरौं तस्विरहरु-**