डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा रहेकोे श्री असिग्राम बाबाको मन्दिरमा सप्ताह आयोजना गरिने भएकोछ । स्थानीय युवाहरुको सकिृयतामा कार्यक्रमको आयोजना गरिनु लागिएको हरेन्द्र भाटले बताएका छन्।
पछिल्लो समयमा सामाजिक संञ्जालको माध्यम बाट स्थानीय यूवाहरुले समुह बनाएर कार्यक्रमका लागि आर्थिक संकलन अभिया सुचारु गरेका छन् । कार्यक्रम चैतमा गर्ने तयारि रहेको र सोहि अनुरुप तयारि भएको स्थानीय प्रेम खडायतले बताएका छन् । अहिले कार्यक्रमका लागि स्वदेश तथा विदेश बाट सहयोग रकम संकलन भईरहेको खयाडतले बताए ।
यस्तो छ असिग्राम बाबाको ईतिहासः
पौराणिक इतिहास अनुसार पहिला देवस्थल भन्ने स्थानमा देवता रहेको र पछि असहज भएपछि अन्य स्थानमा सरको स्थानीयहरुको भनाई रहेकोछ । पछि स्थानीय पन्तले हलो जोत्ने क्रममा रगत देखिए पछि स्थानीयले त्यसको खोजी तलासी गर्दा शक्ति प्रकट भएको जन विस्वास रहि आएकोछ । मन्दिरका पुजारि भट्ट जातका रहेका छन् ।




यो डडेल्धुरा जिल्ला सदरमुकाम बाट २३ किलोमिटर दुरि मा रहको यो मन्दिरमा मनले चिताएको कुरा पुरा हुने जन विस्वास रहि आएकोछ ।
सहयोग गर्नु यहाँ दिएको क्यिुआर मा जानुहोलाः


























