डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नंम्बर २ ले वडा भित्र रहेका गरिब, दिन दुखी,अनाथ,असाय,अपाङ्ग जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीहरु निशुल्क दिने भएकोछ ।
उनीहरुको अभिभावकत्व ग्रहण गरि आलिताल गाउँपालिका वडा नंम्बर २ का सम्पूर्ण विद्यालयका अध्ययनरत भाइ बहिनीहरुलाई नवनिर्वाचित हामी २ नम्वर २ का पदाधिकारीको कार्यकाल सम्म विद्यार्थीलाई अध्ययन गर्दा आवश्यक पर्ने कापी कलम , झोला, औजार बक्स , ड्रेस ट्र्याक सुट , विद्यालय ड्रेस निशुल्क सहयोग उदेश्य स्वरुप पहिलो चरण मा वडा कार्यालयमा वितरण गरि अभियानको सुवात गरेको वडा अध्यक्ष प्रमोद मल्लले बताएका छन् । विद्यार्थीह्रुलाई पढाई प्रति ध्यान केन्द्रित गर्नुका साथै वडामा शिक्षाको अवस्था सुधार गर्नका लागि यस्तो अभियान चालिएको मल्लको भनाई रहेकोछ ।




Views: 894

























