डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा यँहाको प्रयोगशालामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा मात्रै संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिए ।
उनका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उप–महानगरपालिकाका एक जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जना र आलीताल गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको इन्चार्ज भूषालले जानकारी दिए।
Views: 169

























