डडेल्धुरा(दिपकराज भट्ट)– पछिल्लो समयमा जलवायु परिर्वतनले विभिन्न क्षेत्रमा प्रभाव परेको देखिन्छ । यस्तै जलवायु परिर्वतनले कृषि क्षेत्रमा पनि परेकोछ ।
भागेश्वर गाउँपालिका ४ आज भन्दा सात बर्ष अगाडि तरकारी खेतीका लागि प्रसिद्ध मानिन्थ्यो यस क्षेत्रमा उत्पादन भएको टमाटर भारतको पलिया सम्म पनि निर्यात गरिएको थियो । हामीले यहाँको तरकारि घरबाटै व्यापारि लाई दिन्थ्यौ तर अहिले आएर तरकारि उत्पादन निकै घटेकोछ , यति सम्म घरका लागि समेत तरकारि बजार बाट किनेर खानुपर्ने बाध्यता रहेको स्थानीय ठगी राम टमटाले बताएका छन् ।
भागेश्वर गाउँपालिकाको वडा नम्बर ४ तरकारिका लागि प्रसिद्ध क्षेत्र हो । यहाँ टमाटर , आलु, कोसे तरकारि, गाने तरकारि बिशेष गरि उत्पादन गरिन्थ्यो ।
पानी अभाव भएका कारणले यस क्षेत्रमा मौसमी तरकारि लगाउदै आएता पनि तरकारि उत्पादनमा भने पछिल्लो समयमा निकै कमी आएको कृषि प्राविधिक दान बिष्टले बताए । पछिल्लो समयमा स्थानीय कृषि शाखा बाट अनुदान तथा प्राविधिक सहयोग गर्दै आएता पनि जलवायु परिर्वतनका कारणले धेरै सुधार हुनु नसकेको उनी बताउछन् ।
किसानहरुले तरकारि बेचेर घर खर्च चलाउने गरेका थिए पछिल्लो समयमा तरकारि खेतीमा निकैै परिर्वतन आउदा उत्पादन कम हने र आफु लाई घरधन्दा चलाउनुनै असहज भएको र आफु घरखर्च चलाउनुकै लागि रोजगारिका लागि भारत जानु पर्ने बाध्यता आएको कृषक टमटाले गुनासो पोखे ।




























