२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

डडेल्धुराका शिक्षक पन्तले पाए राष्ट्रिय शिक्षा पुरस्कारः नगद २ लाख ५० हजार सहित सम्मानित

डडेल्धुराः डडेल्धुराका शिक्षक केशवराज पन्तले राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन । देशभरमा शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेका ब्यक्तिहरुलाई प्रदान गरिने पुरस्कारवाट पन्त पनि परेका छन ।
मावि तृतिय शिक्षक पन्त भागेश्वर गाउँपालिका वडा नं ४ मा रहेको सरस्वती मावि. लाकम बगरकोटमा अध्यापन गर्दै आईरहेका छन ।
बुधबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् । सूचीअनुसार सामुदायिक प्राविधिक क्याम्पसतर्फ कास्की, ललितपुर र काठमाडौंका तीनवटा शिक्षण संस्थाले उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाउँदै छन् ।
यो पुरस्कारको राशी दुई लाख ५० हजार रुपैयाँ छ ।

माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका आधारमा सार्वजनिक विद्यालयतर्फ दाङका दुई र काठमाडौंको एउटाले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदै छन् । यसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन, दुई र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । निजी लगानीतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा तीनवटै काठमाडौंका विद्यालय छन् । यसको राशी भने तीनलाख रुपैयाँ रहेको छ ।

प्राविधिक शिक्षालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा काभ्रे, दाङ, कपिलवस्तु र काठमाडौंको एक–एक शिक्षालय छन् । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ । यस्तै, समाज कल्याण शिक्षा पुरस्कार पाउनेमा काठमाडौं र ललितपुरका एक–एक संस्था छन् । यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ ।

व्यक्तितर्फ त्रिभुवन विशवविद्यालयअन्तर्गत विभिन्न क्याम्पसका २५ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइँदैछ । प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारीतर्फ यही विधाको पुरस्कार अछाम, लमजुङ, डोटी र चितवनका पाँचजनाले प्राप्त गर्दै छन् । सार्वजनिक विद्यालयतर्फ यही विधाको पुरस्कार कोसी प्रदेशका १४, मधेसका आठ, वाग्मतीका १३, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका १० र सुदूरपश्चिमका ९ जना शिक्षकले प्राप्त गर्दै छन् ।

निजी विद्यालयतर्फ सबै प्रदेशका गरी ३२ जनालाई यो विधाको पुरस्कार दिइँदैछ ।यस्तै, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, पदाधिकारीलगायत गरी प्रत्येक प्रदेशका पाँचजनाका दरले ३५ जनाको नाम सूचीमा उल्लेख छ ।

उच्च शिक्षातर्फ विद्याभुषण ‘क’ ३६४ जना व्यक्तिले प्राप्त गर्दै छन् । विद्याभूषण ‘ख’ ३५ र ‘ग’ २१ जनाले प्राप्त गर्दै छन् । नेपाल छात्रापदक भने यसवर्ष १५ जनाले प्राप्त गर्दै छन् ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।