२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

कैलालीको अत्तरियामा प्रहरीले सयौं सवारीका साधनहरु आज पनि नियन्त्रणमा लियो

कैलाली -कैलालीको अत्तरियामा प्रहरीले सयौं गाडीहरु आज पनि नियन्त्रणमा लिएको छ । बुधबार बिहान निषेधाज्ञाको अबज्ञा गरेको भन्दै प्रहरीले निजी गाडी,ट्याक्टर र मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो । कोरोना रोकथामको लागी कैलालीमा स्थानिय प्रसाशनले बिगत ५ दिन देखी भाद्र १४ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

तर निषेधाज्ञा जारी भएको भएपनी अत्तरिया आसपासमा बिहानीको समयमा बजारमा स्थानियको बाक्लो भिड लाग्ने गरेको छ । बिभिन्न बाहानामा सवारी चलाउनेहरुका सवारी साधन दुई घण्टा नियन्त्रणमा लिएर छोडिएको चेकिङमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनका अनुसार दैनिक निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढेकाले प्रहरीले चेकिङमा पनि कडाई गरेको हो ।

सुदुरपश्चिमको अत्तरिया सबैतिर जाने केन्द्र बजार भएकाले पनि अन्य जिल्लामा निषेधाज्ञा नभएकाले त्यँहा जान खोज्ने स्थानियका कारण पनि समस्या हुन थालेको प्रहरी को भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।