२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

मंसिर १६ गते सुदूरपश्चिममा ६ पदमा उपनिर्वाचनः यस्तो छ, उपनिर्वाचन कार्यतालिका

डडेल्धुराः स्थानीय तहमा रिक्त पदाधिकारी चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि विविध कारणले रिक्त भएका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष गरी सुदूरपश्चिमका ६ सहित देशभरका ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी, दार्चुला, कैलाली र कन्चनपरका विभिन्न स्थानीय तहमा रिक्त ६ पदका लागि उपचुनाव हुँदैछ। जसमा कैलाली जिल्ला समन्वय समिति प्रमुख र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोल्पाको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रहेका छन्।

यस्तो छ, उपनिर्वाचन कार्यतालिका:
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र मातहतका कार्यालयहरुले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरेको आयोगले जनाएको छ।

स्वीकृत कार्यतालिका अनुसार उपनिर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरिने छ। असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गरिनुपर्नेछ। असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयार पार्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने तालिका छ।

यस्तै, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गरिने आयोगले जनाएको छ। कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदान गर्नेलगायतका ६२ वटा क्रियाकलापसहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगको भनाइ छ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।