२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

सुदूरपश्चिम सरकारले ३१ गते बजेट ल्याउने

डडेल्धुराः सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१÷०८२ सुरु भएको ६३ दिनपछि अर्थात् ३१ गते बजेट ल्याउने भएको छ । शनिबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले ३१ गते बजेट ल्याउने जानकारी दिएका हुन् । एमाले, नेपाली काँग्रेस र नगरिक उन्मुक्ति पार्टी मिलेर प्रदेशमा सरकार बन्ने बित्तिकै हामीले छिट्टै बजेट ल्याउने भनेका थियौं, मुख्यमन्त्री शाहले भने, विभिन्न कारणले केही ढिलाइ भयो । अब ३१ गते सदनमा बजेट प्रस्तुत हुन्छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले बनाएको चार वटा बुदालाई टेकेर बजेट बनाइएको बताए । ती चार वटा बुदाले बजेट निर्माणका क्रममा हुने बेथितिलाई नियन्त्रण गरेको छ, उनले भने । प्रदेश सरकारले २५ लाख भन्दा कमका योजना नल्याउने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड बनाएको थियो ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले बजेट ल्याउनै दुई महिना ढिलाइ भइसकेकोले अब कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए ।

सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गएको दुई महिना पुग्नै लागेको छ । हुन त नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत आर्थिक वर्षको १ असारमा चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरेको थियो । तर, उक्त बजेट पारित हुन नसक्दा १ साउनदेखि प्रदेश सरकार बजेट शून्यतामा गएको थियो ।

सोडारी नेतृत्वको सरकार ढलेपछि २१ साउनमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको थियो । शाह नेतृत्वको सरकारले २३ साउनमा राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेपछि राजस्व संकलन सुरु भएको थियो । तर, विनियोजनसम्बन्धी कानुन नभएकाले सरकार उधारोमा चलेको छ ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।