२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

प्रधानमन्त्री ओलीद्धारा गौरा पर्वको शुभकामना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताएका छन्।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले यो पर्वलाई सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भनेका छन्।

‘प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन्’, ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो।’

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देशमा विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको ओलीले बताएका छन्।

यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा उनले आह्वान गरेका छन्।कोरोना महामारीको प्रतिकूल अवस्थामा विशेषज्ञ र चिकित्सहरुको सल्लाह र सरकारको निर्देशन अनुसार जीवन रक्षाका निम्ति सचेत भएर गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।