२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

तनहुँ बस दुर्घटना २१ जना भारतीय नगारिकले गुमाए ज्यान ,४३ जना सबै भारतीय नागरिक

काठमाण्डौ – तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् ।

घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक  दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा अड्किएको छ ।

प्रहरीका अनुसार गोरखपुरबाट नेपाल आएको बसले गएको मङ्गलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाण्डौतर्फ गुड्दै गर्दा सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।