२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

जोशी परिवार शोकमाः तीन बर्षको अन्र्तराललमा दाजुभाईको मृत्यु

डडेल्धुराः डडेल्धुरामा पहिलोपटक रिसोर्ट खोल्ने अवधारणा सहित जिल्ला सरमुकाम नजिकै रहेको किर्तिपुर क्षेत्रमा रातो गुँरास रिसोर्ट सञ्चालनमा ल्याएका प्रमोद जोशीको निधन भएको छ । ५३ वर्षको उमेरमा उनको भारतको सिक्किममा निधन भएको परिवारिक स्रोतले बताएको छ ।
तीन बर्ष अगाडि मृतक प्रमोद जोशीका दाजु विनोद जोशीको मृत्यु भएको थियो । उनको पनि तीन बर्ष अगाडि ह्रदयघातकै कारण मृत्यु भएको थियो ।
डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटर घर भएका उनी विद्यापरिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए । हिजो कार्यालयका लागि जानेबेला उनलाई ह्रदयघात भएको बताइएको छ । उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ ।

इञ्जिनियरसमेत रहेका उनले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणमा काम गरेका थिए । त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए ।एक दशकअघि उनले सदरमुकामकै कुकुलेकमा सुविधासम्पत्र रिसोर्ट सञ्चालनमा ल्याएका थिए । हाल उक्त रातो गुँरास रिसोर्टमा उनको १५ प्रतिशत शेयर रहेको थियो ।

उनको निधनको खबरले जिल्लावासी स्तब्ध भएका छन् ।  हिजो मात्रै उनले ‘इख नभएको मानिस र बिख नभएको सर्पलाइ कोही’ टेर्दैन भन्दै आफ्नो फेसबुकमा पोष्ट साझा गरेका थिए ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।