२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

माल्दिभ्सलाई हराउँदै नेपाल समूह उपविजेता, सेमिफाइनलमा इरानसँग खेल्ने—(काभा महिला भलिबल)

काठमाण्डौः काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३—० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५।८, दोस्रो सेटमा २५।१९ र तेस्रो सेटमा २५।१८ ले हरायो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ । माल्दिभ्सले भने एक अङ्क पनि नजोडी प्रतियोगिता सकाएको छ ।

यस्तै आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई ३—० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलङ्कासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भोलि दिउँसो ३ बजे भारत र श्रीलङ्का तथा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । काभा महिला भलिबल लिगको फाइनल खेल पर्सि बुधवार बेलुकी ५ बजे शुरू हुनेछ ।

#काभा महिला भलिबल

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।