२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

बङ्गलादेशकी प्रधानमन्त्री हसिना राजीनामापछि भागेर भारतमा, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

ऐजेन्सिः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततर्फ भाग्नुभएको छ । देशमा प्रदर्शन चर्किँदै गएपछि उहाँले आज दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत पुग्नुभएको हो । उहाँ भारत भागेपछि सेना प्रमुख जनरल वकेर —उज —जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति उज्जामनले अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर आजै समाधान गर्ने बताउनुभएको छ । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।

राजीनामा दिएलगत्तै हेलिकप्टर चढेर भागेकी शेख हसिना भारतको त्रिपुरा राज्य पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरेपछि बहिनीलाई सँगै लिएर उहाँले देश छाड्नुभएको हो । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेपछि प्रदर्शनकारीहरूले विजयी उत्सव मनाइरहेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा लुटपाटसमेत गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी जागिरको ठूलो सङ्ख्यामा कोटा प्रणाली लगाउने सरकारी विधेयकको विरुद्धमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले हसिनालाई देशबाटै भाग्नुपर्ने अवस्था ल्याएको हो । यसअघि अघिल्लो हप्ता प्रदर्शन हिंसात्मक बनेर दुई सय जनाभन्दा धेरैको ज्यान गएपछि बङ्गलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिदिएको छ । यसबाट विद्यार्थीहरूको माग पूरा भए पनि ज्यान गुमाउने, घाइते र पक्राउ परेकाहरूको न्यायका लागि भन्दै प्रदर्शन चलिरहेको थियो । सामान्य अवस्थामा रहेको प्रदर्शन हिजो पुन हिंसात्मक बन्दा ९६ जनाको ज्यान गएपछि आज विद्यार्थीसँगै मजदुरलगायतले पनि प्रदर्शन गरेका हुन् ।

विपक्षी दलहरूको बहिष्कारकाबीच गएको जनवरीमा भएको चुनावबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । बितेको १६ वर्षदेखि बङ्गलादेशको सत्तामा रहेकी शेख हसिना बङ्गलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुनुहुन्छ । शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । सन् २००९ यता भने उहाँले निरन्तर सत्ताको नेतृत्व गर्दै आउनुभएको थियो । सन् २००४ मा चुनावी अभियानका क्रममा बम आक्रमण हुँदा उहाँ घाइते हुनुभएको थियो । घटनामा कम्तीमा २० जनाको ज्यान गएको थियो ।

शेख हसिनाका समर्थकहरू उहाँले बङ्गलादेशमा आवश्यक परेका बेला राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन् । तर विरोधीले भने हसिनाले निरङ्कुश शासन चलाइरहेकाले अहिलेको अवस्था आएको बताएका छन् ।

#बङ्गलादेश

village studio – YouTube

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।