२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

पूर्वमन्त्री भट्टको निधन

डडेल्धुराः पूर्व वन सहायक मन्त्री गणेशप्रशाद भट्टको निधन भएको छ। अजयमेरु गाउँपालिका—३ मटेला पुर्खयौली घर भएका भट्टको हिजो (शुक्रबार) ८३ वर्षको उमेरमा काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

उनी बुवा धनीराम भट्ट र आमा राधादेवीको कोखबाट विस १९९८ मा जन्मिएका थिए । भट्ट बिएसीसम्मको अध्ययन गरि पञ्चायतको राजनीतिमा सकृय भएका थिए। २०३८ देखि २०४२ सम्म जिल्ला पञ्चायत सभापति भएका उनी २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रिय पञ्चायत सदस्य हुँदा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष भएर उनले झापा लगायत पूर्वी तराईमा बसोबासको काम सफलता पूर्वक सम्पन्न गरेको बताइन्छ।

भट्ट २०४४ मा वन सहायक मन्त्री बनेका थिए। उनकै कार्यकालमा नेपाल टर्पन टायल कम्पनी स्थापना भएको थियो। उनले मन्त्री हुँदा तत्कालीन आलिताल, शीर्ष र जोगबुडा गाविसमा उच्च वन सुदृढीकरण आयोग गठन गरी उक्त आयोगद्वारा बसोबास प्रमाणित गरि त्यहाँको जग्गा नापजाँच गराइ घरघरमा लालपुर्जा वितरण गरेका थिए।

विस २०४८ र २०५६ मा राप्रपाबाट भट्ट डडेल्धुरा प्रतिनिधि सभामा निर्वाचन लडेका थिए। तर, उनी दुबै पटक काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित हुन पुगे। भट्ट जिल्लामा विकास पुरुषका रूपमा परिचित थिए।डडेल्धुराको विकासका परिकल्पनाकार भट्टको निधनले डडेल्धुरावासी शोकमा डुबेका छन्।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।