२०८३ आश्विन ८ बिहीबार
२०८३ आश्विन ८ बिहीबार

धनगढीका वडाध्यक्ष पक्राउ

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको हो।

आज वडा अध्यक्ष ऐरले धनगढीमा ससुराली भएका भारतीय नागरिकलाई त्रिनगर नाका भएर प्रवेश अनुमती दिएका थिए। उनी आफै जिम्मा समेत बसेका थिए।

तर स्थानीय प्रशासनले भारतीय नागरिकलाई ल्याउन नपाईने भन्दै फिर्ता पठाएपछि नाकामा विवाद भएको थियो। सोही विवादका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।