२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा

डडेल्धुरा-  सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवाको नाम अगाडि सारिएको छ । भोलि (शुक्रबार) दिउँसो २ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई बनाउने तयारी रहेको एकजना प्रदेशसभा सदस्यले बताए ।

केन्द्रमा सहमति भइसकेकाले पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको बताइएको छ । देउवा सुदूरपश्चिम सरकारको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनको पक्षमा बहुमत सदस्यहरू हुने दाबी भएकाले सकभर सहमतिमै दलको नेता छान्ने तयारी भएको छ । कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकासमन्त्री देउवा, प्रदेशसभा सदस्यहरु बहादुरसिंह थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।

नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद कांग्रेसको भागमा परेको थियो । सुदूरपश्चिममा नेपाली कांग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् भने एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन् । कांग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन् ।

उता नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन् । नाउपाले कांग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको छैन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रहेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकार भोलि नै ढल्ने निश्चित भएको छ । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिनका लागि ४ बजेको समय माग गर्दै प्रदेश सभा सचिवालयलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार सोडारीले भोलि कुनै पनि तवरले विश्वासको मत नपाउने अवस्था रहेको हुँदा प्रदेश सभालाई मात्र सम्बोधन गर्दै राजीनामा दिने आन्तरिक सोचाइमा छन् ।

#Sudurpashimsarkar #Rajniti 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।