२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

डडेल्धुरामा किन मृत भेटिदैछन् चितुवाहरु,लाखौ मुल्यको चितुवा खाल्डोमा गाडनु पर्ने बाध्यताः सुरेश चन्द्र डिसि

डडेल्धुरा(डि.आर भट्ट)- केहि समय अगाडि मात्र डडेल्धुराको गन्यापधुरा गाउपालिकाको साहुखर्क क्षेत्रमा एक चितुवा मृत फेला परेको थियो । भने आज मात्र अजयमेरु ३ भद्रपुरमा पनि एक चितुवा मृत फेला परेको डिभिजन वन कार्यालयका प्रमुख सुरेश चन्द्र डिसिले जानकारि दिएका छन् ।
डडेल्धुरामा करिब ७२ प्रतिसत जंगल क्षेत्र रहेको छ भने भौगोलिक रुपमा डडेल्धुरामा भित्रिमधेश, महाभारत र उच्च् पहाडि क्षेत्र रहेका छ । उता छिमेकी मुलुक भारत संग पनि डडेल्धुराको रुपाल, परशुराम क्षेत्रका सिमाहरु जोडिएका छन् ।
डडेल्धुरामा चितुवा मृत्युको कारण यकिन हुनु नसके पनि गन्यापधुरामा मृत फेला परेको चितुवाको स्थिति हेर्दा चितुवालाई गाडिले ठक्कर दिएको हुनु सक्ने डिसिको भनाई रहेको छ। उनले थपे त्यस घटनाको वस्तु स्थिती हेर्दा खुट्टामा चोट लागेको भएकाले हामीले रातीको समयमा गाडिले ठक्कर दिएके घाईते बनाएको चितुवाको मृत्यु भएको हुनुसक्दछ । यस्तै अजयमेरु गाउपालिकामा पनि आज एक चितुवा मृत फेला परेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले जानकारि दिएका छन् । यसको मृत्युको कारण भने यकिन हुन सकेको छ्रन् ।

जंगली जनावर(बदेलका) लागि थपेको पासोमा सिकार बन्दै चितुवाः
डडेल्धुरामा कृषिमा संलग्न जनसंख्या बढि रहेको देखिन्छ । मानिसहरुले जीवनयापनका लागि कृषि पेसा अपानाएक छन् । आफ्नो खेतीपाती जोगाउनुका लागि किसानहरुले हैरानी खेप्नु परेकोछ , उता खेतीपातीमा जंगली जनावर बादर ,बदेलको आतंक दिनप्रतिदिन बढदो क्रममा रहेकोछ । सोहि आतंकलाई रोक्नुका लागि किसानहरुले पासो थाप्ने गरेको पाईन्छ , सोहि पासोमा चितुवाहरु पर्ने गरेको पनि देखिन्छ । यस अघि भागेश्वर ४ बडुवा क्षेत्रमा एक चितुवाको पासोमा परि मृत्यु भएको थियो ।
लाखौं मुल्यका मृत चितुवा गाडनुपर्ने बाध्यताः
यसरि मृत भेटिने चितुवाहरु गाडनु पर्ने बाध्याता डिभिजन कार्यालयको रहेकोछ । आयुर्वेद रुपमा यसको महत्व धेरै नै रहेता पनि सरकारले यस बिषयमा नियम नबनाउदा हामीले मृत चितुवालाई खाल्डोमा गाडनुपर्ने बाध्यता रहेको डिभिजन वन कार्यालय प्रमुख डिसिको भनाई रहेकोछ ।
चितुवा पा्रय सबै हावापानीमा बस्ने गर्दछ । डडेल्धुराका सबै भेगमा चितुवा पाईने गर्छ । सरकारले बाघको गण्ना गरे पनि चितुवाको भने कुनै तथ्याङक राख्ने गरेको छैन् ।  चितुवा कसरी मर्यो एकिन नभएको र सो बारेमा आवश्यक जाँचबुझका लागि जिल्ला वन कार्यालयको टोलि उक्त स्थानतिर गएको जिल्ला वन कार्यालय डडेल्धुरा ले जनाएको छ।

केहीदिन अगाडी जिल्लाकै गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।

#chituwa #Death #News #khabardari 

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।